आज:  | Wed, 16, Apr, 2025

बहिनीको हत्या गरी पानी ट्याङ्कीमा फाल्ने दाजु पक्राउ,अनुसन्धानका तथ्यसहित

२ बैशाख २०८२, मंगलवार १८:२७ मा प्रकाशित ( ११ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २ वैशाख ।

ललितपुरको मंगलबजारमा ११ वर्षीया नाबालिका बहिनीको हत्याको प्रकरणमा प्रहरीले उनकै कान्छो दाइलाई पक्राउ गरेको छ।

दाजु बहिनीबिचको सामान्य विवादमा ११ वर्षीया आफ्नी बहिनी दुर्गा बोहराको हत्या गरी पानी ट्याङ्कीमा फालेर फरार भएका उनकै कान्छो दाजुलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

मंगलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गते रातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएपछी बालिकाको खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो।

अनुसन्धानको क्रममा बालिकाको आफ्नै दाजुको संलग्नता रहेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनु भयो। तर प्रहरीले हत्यारा दाजुको भने परिचय खुलाइएको छैन।

अनुसन्धानका क्रममा खुलेका तथ्यहरुः

१. चैत ६ गते जिल्ला बझाङ सुर्मा गाउँपालिका.वडा नं.४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी वर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको।
२, आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको।
३, चैत २९ गते बिहान अन्दाजी १० बजेको समयमा जिल्ला ललितपुर महानगरपालिका ९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुईँ तल्लामा रहेको प्रयोग विहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शब फेला परेको।
४, बाबुराजा अवालेको सोही घरमा मृतकहरू भाडामा बसेको र मिति २०८१ फागुन २५ गते उनीहरु अन्यत्र डेरा सरेको।
५, उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति२०८१ चैत २ गते अन्यत्र डेरा सरे पश्चात् सो घरमा कोही नबसी घर खाली रहेको।
६, मिति २०८१ चैत ४ गते मृतक बालिका र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसिटिभी फुटेजमा देखिएको।
७, दाजु बहिनीसँगै गएको फुटेज भेटिए पछी दाजुमाथि शंका लागेर सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजु बहिनी गएको र दाजु बहिनीबिचमा सामान्य विवाद हुँदा बहिनीलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुईँमा लडाइ छोडी भागेको बताएको।
८, दाजु बहिनीले नै लागुऔषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको।
९, मिति २०८१ चैत ५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास भुईँ तल्लाको भर्‍याङको छेउमा देखे पश्चात् सो लास ट्याङ्कीमा हाली सिमेन्टले बनाएको ढक्कन लगाइ छोपेर छोडी आफु भागेको दाजुले बताएको।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस