धादिङ ०१ वैशाख ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघकी अध्यक्ष उषा राउतले जिल्ला भ्रमणलाई तिब्रता दिनु भएको छ । केही समय मै देशभरमा काँग्रेस पार्टीको भातृ संस्थाहरुको अधिवेशन गराउने तयारी भैइरहेका बेला जिल्लाका महिला संघको गतिविधि बुझ्न र क्रियाशिल सदस्यता नविकरण तथा सदस्यता वितरणको कार्यलाई मध्यनजर गरी संघकी केन्द्रीय अध्यक्ष उषा राउत धादिङ आउनु भएको हो ।
नेपाल महिला संघकी जिल्ला अध्यक्ष अम्वीका अधिकारीको अध्यक्षतामा भएको महिलासंघका कार्यकर्ता भेलामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापती एव्ं कृषीमन्त्री रामनाथ अधिकारी,निलकण्ठ नगरपालिका तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्र.ढंगाना, महिला संघ केन्द्रीय सदस्य संगिता तामाङ,क्षेत्रिय पार्टी सभापती राकेश धमला,जिल्ला पार्टी सचिव विकास श्रेष्ठ,ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, नेत्रावती डबजंघ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल ,नेपाल टे्रड युनियन काँग्रेस धादिङका अध्यक्ष धुर्व प्र.रिजालको उपस्थिती रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाल महिला संघ धादिङ निर्वाचन क्षेत्र नं. २ (क) की क्षेत्रिय सभापती भगवती उपे्रती,क्षेत्र नं.२ (ख) की आशा लामा,निर्वाचन क्षेत्र नं.१ की निर्मला विसुराल,पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, महिला संघ जिल्ला समितिका पदाधिकारीहरु,महासमिती सदस्य,महाधिवेशन सदस्यहरु,लगायतको सहभागिता रहेको थियो ।
पार्टीको गुट र विभिन्न धारमा परिणत भई केही जिल्लाका महिला नेतृहरुको उत्साहटमा पछिल्लो समयमा संघको विधान विपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको भन्ने आरोप लगाउँदै महिला महिला नेतृहरुबिचमा पनि किचलो सिर्जना गर्ने रणनिति भैइरहेता पनि हरेक जिल्ला जिल्लाका साथीहरुलाई भेटेर सदस्य नविकरण,वितरण तथा महिला संघको विषयमा उनीहरुका समस्या गुनासाहरु सुन्नको लागी आफुले पदीय जिम्मेवारी पुरा गर्ने अठोट व्यत्त गर्नु भएको छ ।
भेटघाटका क्रममा अध्यक्ष राउतले पार्टीभच किचलो गरी पार्टीको उन्नती प्रगतिमा केही नेताहरुलाई काम गर्न असहज वातावरण बनाउन केही नेताहरु लागे जस्तै महिला संघभित्रै पनि गुट उप गुट बनायर असन्तुष्ट पक्षले अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाउँदै आएका छन् ।
’संघको हित विपरीत गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,’ लगाइरहेको अवस्थामा अध्यक्ष राउतले आफुमाथी जस्तोसुकै आरोप लगाएता पनि आफुले संघको नियम विपरित कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा जिल्ला सभापति तथा कृषीमन्त्री रामनाथ अधिकारी,नेता भिम प्रशाद ढुंगाना,पार्टी क्षत्रिय सभापति राकेश धमला महिला संघ क्षत्रिय सभापति भगवती उप्रेती,निर्मला विसुराल,लगायतका नेता तथा महिला संघका जिल्ला तथा क्षेत्रिय पतिनिधिहरुले क्रियाशिल सदस्यता नविकरण तथा सदस्यता वितरणको कार्यलाई सहज र मर्यादित बनाउनका लागी धादिङवेशी आउनु भएकी अध्यक्ष राउतको कार्य तथा महिला संघ धादिङलाई आफुहरुले सहयोग गर्ने धारणा राख्नु भएको थियो
।
यद्यपि देशका सातै प्रदेशमा हाल भैइरहेको क्रियाशील सदस्य वितरण तथा नविकरणमा मनोमानी ढंगले पठाइएको, दोलखामा कार्यरत अध्यक्षले जबरजस्ती अर्का व्यक्तिलाई संयोजक बनाइएको भन्दै आपत्ति जनाइ रहेका छन् ।
यता नेपाली कांग्रेसले संघको अधिवेशन समयमै गर्न निर्देशन दिएपनि त्यसको अवज्ञा भएको, निर्देशन समितिमा रहेका वरिष्ठ नेताहरूले समेत सहजीकरण गर्न नसकेको उल्लेख गर्दै पार्टी सभापतिलाई हस्तक्षेप गर्नसमेत आग्रह गरिएको अवस्थाछ ।
केन्द्रीय सदस्यहरु चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रन्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल, र पार्वती आचार्यले केही समयअघि पार्टी सभापति शेर व.देउवसमक्ष ज्ञापन पेश गरेका थिए ।
उक्त पत्रको बोधार्थ कांग्रेसका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री, महिला विभाग र महिला संघ निर्देशन समितिलाई समेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस