आज:  | Tue, 15, Apr, 2025

आज नयाँवर्ष२०८२को पहिलो दिन,छुट्टिर रहेका परिवारजन,इष्टमित्र,र साथीभाइसंग भेटघाट र खुशी साटेर मनाइँदैछ

१ बैशाख २०८२, सोमबार ०६:५७ मा प्रकाशित ( १ दिन अघि) २८८४ पटक पढिएको
नारी बाटिका


धादिङ ०१ वैशाख ।

कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विसं सुरु भएको आजदेखि नववर्ष २०८२ प्रारम्भ हुंदैछ ।आज नयाँ २०८२ को पहिलो दिन । यस वर्षको पहिलो दिनमा आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि भनिन्छ । वर्षको पहिलो दिन हो। त्यसैले आजको दिन हामीले जुन राम्रा काम,सकारात्मक सोच, असहाय तथा दिन दुखीकोे भलाई हुने,परिवार बालबच्चाको हित हुने जस्ता कार्य गरेयौं भने वर्षभरी नै सोही रुपमा राम्रा काम गर्न सकिने विश्वासका साथ मान्यता राखिन्छ ।

आजबाट सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनु हुन्छ।
“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गतिको स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको हुन्छ”,

सूर्य मेष राशिमा प्रवेश र सुरु भई मीन राशिबाट छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको हुन्छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

सरकार,संघ सस्था तथा व्यक्तिले आज गत वर्षका कामको सफलता÷असफलता तथा समिक्षा गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने गरिन्छ ।

आफ्ना छुट्टिएर रहेका परिवारजनसंग एक ठाउँमा जम्मा भइ मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन्।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ। चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको भनाइ छ ।

वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका हुन्छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो।

यस नयाँ वर्ष २०८२ को महान पर्वमा हाम्रो सन्चार मिडिया हाउसको तर्फबाट पनि सम्पुर्ण पाठक वर्गहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस