आज:  | Tue, 15, Apr, 2025

नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

३० चैत्र २०८१, आईतवार १९:४४ मा प्रकाशित ( १ दिन अघि) १८९२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ चैत ।

चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मन्डलले भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम प्रदेशको पार्टी स्कुलबिच सहमति गरेको छ । सो सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेकाछन् ।

सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग,कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र वहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलन लगायत रहेकाछन् ।

नेपाली प्रतिनिधि मन्डल प्रमुख दिनानाथ शर्मा र सि पि सिको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङको उपस्थितिमा यो सम्झौता भएको हो।
यो ५ वर्षको लागि सम्झौता भएको हो । हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्नु पर्ने प्रावधान राखिएको छ ।

५ दिने छोङ्छिङ भ्रमणको अन्तिम दिन टोली नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्र बीच बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताए । उक्त भ्रमणले समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भुमिका खेलेको धारणा राखे ।

जनताको जिवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो ।

त्यस्तै, सीपीसीको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देश बीचको सम्बन्धमा थप ईटा थपेको उल्लेख गरे ।

उनले छोङछिङ र नेपालको भुगोल र जनसंख्या उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल संग चीनको गहिरो सम्बन्ध रहेको धारणा राखे । यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लैजाने उनको बिश्वास थियो ।

चीनिया प्रधानमन्त्रीले छिमेकीहरु संग सधै सुमधुर सम्बन्ध राख्ने नीति लिएको अन्य चिनियाँ नेताहरूले बताएका थिए । छिमेकी रास्ट्रहरुको बिकास, शिक्षा लगायत को विषयमा पनि चीनले सधै साथ उनीहरूले बताएदका थिए । ५ दिने भ्रमणको दौरान नेपाली टोलिले थुप्रै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस