काठमाडौं ३१ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर सत्ता साझेदार नेपाली काङ्ग्रेसबाटै आलोचना बढ्न थालेको र सरकार बदनाम भएको सत्ताको प्रमुख साँझेदार दल काँग्रेस सभापती शेर व.देउवाले स्वीकार गर्नु भएको छ ।
सरकारको प्राथामिकतालाई बेवास्ता गर्दै सडकमा शक्ति प्रदर्शन गर्न लागेको, संविधान संशोधन प्रक्रियालाई प्राथामकिता नदिएको र सरकारको कामको गतिमा ध्यान नदिएको भन्दै काङ्ग्रेस नेताहरूबाट प्रधानमन्त्री ओलीको आलोचना बढ्न थालेको हो ।
काङ्ग्रेसका दोस्रो तहका नेताबाट प्रधानमन्त्री ओलीमाथि यसअघि पनि पटक(पटक प्रश्न उठाइएको थियो । अरू नेताहरूले आलोचना गरे पनि प्रमख नेता सभापति शेरबहादुर देउवा भने ओलीप्रति मौन देखिनु भएको थियो । तर, पछिल्लो समयमा सडकदेी सदनसम्म प्रम वली तथा सरकारको आलोचित हुंदै गएपछी गठवन्धनको सरकार बदनाम बन्दै गएको टिप्पणी गरेका हुन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै देउवाले अनावश्यक खर्च रोक्न नसक्दा सरकार बदनाम भइरहेको बताउनु भएको हो।सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै देउवाले भन्नु भएको छ, ‘सरकारको नाममा अहिले धेरै ठूलो बदनाम भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु ।’ ‘सरकारले जनताको पैसा दुरूपयोग गर्न नहुने भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई सचेतसमेत गराउनु भयो।
सत्तामा रहेर सडक प्रदर्शन गर्ने प्रधानमन्त्रीको कार्यशैलीप्रति काङ्ग्रेस नेताहरूको असन्तुष्टि देखिन्छ । प्रधानमन्त्री ओली वैशाख ११ गतेको कार्यक्रमलाई लक्षित गर्दै शक्ति कस्तो हुन्छ देखाउने बताइरहेका छन् । काङ्ग्रेस नेताहरू सत्तामा रहेका दलले सरकारको गति बढाउन शक्ति लगाउनु पर्नेमा सडकमा शक्ति प्रदर्शन गर्ने काम उचित नहुने बताइरहेका छन् ।
प्रम वलीले यतिवेला सडकमा शक्ति प्रदर्शन गर्नुको सट्टा सरकारको काम कारबाहीलाई द्रुत बनाउन शक्ति खर्चिन काङ्ग्रेसका महामन्त्रीहरूले प्रधानमन्त्रीलाई सुझाइ रहेका छन् शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले सरकारका प्राथामिकता छोडेर प्रधानमन्त्री सडकतिर व्यस्त हुनु उचित नभएको बताए । ‘
अहिलेको समय भनेको प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ शर्माले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपर्थ्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’
प्रधानमन्त्री ओली शनिबार जागरणसभा सम्बोधनका लागि झापा पुगेका थिए । सरकारले कामको गति बढाउन नसक्दा गणतन्त्रप्रतिको वितृष्णा मलजलमा सहयोग पुगिरहेको महामन्त्री शर्माको टिप्पणी छ । शर्मा गणतन्त्रप्रति जनताको भरोसा जगाउन प्रधानमन्त्रीले आफ्नो शक्ति सरकारलाई प्रभावकारी बनाउन खर्चिनुपर्ने बताउँछन् । ‘
यसैगरी काँग्रेस नेता शर्मा भन्नु हुन्छ सडक प्रदर्शन हामी दलहरूले गरौँला । प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस् । तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ,’ उहाँको भन्नु भयो। सरकारलाई नीतिगत हिसाबले सफल बनाउने उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका अर्का महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री सभासम्मेलना बढी व्यस्त भइरहेको भन्दै आलोचना गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस