आज:  | Mon, 14, Apr, 2025

मोबाइल चार्जको क्रममा एक र अर्का एकगरी करेन्ट लागेर २ जनाको मृत्यु

३० चैत्र २०८१, आईतवार ०६:५४ मा प्रकाशित ( १ दिन अघि) १९२३ पटक पढिएको
नारी बाटिका


झापा ३१ चैत।

झापा र इलाममा बिजुली करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

शनिवार बिहान विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्माको मृत्यु भएको हो । बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।

उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी शनिबारको सोही समयमा इलाममा पनि करेन्ट लागेर अर्का एकजनाको ज्यान गएको छ। शनिबार बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

राई लडेर मृत अवस्थामा देखेपछि स्थानीयले दिउँसो अन्दाजी १२ः४० बजेतिर प्रहरी चौकी महमाईमा जानकारी गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस