आज:  | Sat, 12, Apr, 2025

मौसम सम्वन्धि खबर ,आज यी स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने

२९ चैत्र २०८१, शनिबार ०६:५४ मा प्रकाशित ( १७ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० चैत।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसममा वदली छ। साथै अरब सागरबाट भित्रीएको जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ।

आज देशभर साधरणतया देखि पुर्णतया बदली भैइरहेको छ। जस अनुसार आज कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहानसम्म एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

शनिबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती सुदुरपश्चमिक, कर्णाली र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हालसम्म देशव्यापी रहिरहेको तुँवालो भने क्रमीक कम हुदै गएको छ ।

मौसमा केही वदली भई मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस