आज:  | Sat, 12, Apr, 2025

दुर्गा प्रसाईंलाई झापा ल्याइयो, काठमाडौं पठाउने तयारी

२८ चैत्र २०८१, शुक्रबार १३:५८ मा प्रकाशित ( १ दिन अघि) ३७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ चैत।

चैत १५ को विषाल जनआन्दोलनको आयोजना गरेका राजावादी समुहले सोही आन्दोलनको प्रदर्शनमा हिंसात्मक गतिविधि भएपछी फरार भएका दुर्गा प्रसाईंलाई पक्राउ गरिएको कुरा पछिल्लो स्रोतले जनाएको छ ।

केही बेरअघि सम्म प्रसाई पक्राउ परेका हल्ला मात्रै हो भन्दै विज्ञप्ति जारी गरेको नेपाल प्रहरीले प्रसाईँलाई हिजै पक्राउ परेका र हाल प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको स्रोतले बताइएको छ ।

गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर फरार प्रसाईं फरार भएका थिए। उनलाई आजै भद्रपुरबाट काठमाडौं पठाइने तयारी रहेको बुझिएको छ ।

प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो।

यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेको आरोप पनि लागेको छ ।

प्रहरीले १५ गतेको प्रर्दशन हिंसात्मक बनाएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरी आवाश्यक कारवाही गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस