आज:  | Fri, 18, Apr, 2025

चीनको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा

२७ चैत्र २०८१, बिहीबार १७:३५ मा प्रकाशित ( १ हफ्ता अघि) १८९२ पटक पढिएको
नारी बाटिका



काठमाडौं २८ चैत।

चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् ।

सि पि सिको अन्तर्राष्ट्रिय बिभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् । बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उल्लेख गरे । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिष्ट पार्टी भएकोसमेत बताए ।

यसैगरी नेता शर्माले चिनियाँ र नेपालबीच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन बलियो हुँदै गएको उल्लेख गरे । समाजबादको बाटो नेपालले अंगिकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन आवश्यक रहेको उनको धारणा थियो ।

नेपालमा अहिले बहुदलीय व्यवस्था भएपनि लक्ष्य समाजबाद भएको बताउदै उनले यो तत्कालको लागि मात्र भएको जानकरी दिए । माओवादी केन्द्र समाजबादी बिचारबाट बिचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा राखे । प्रचण्ड नेतृत्वको सरकारले भ्रस्टाचारिहरुलाइ कारबाहीको दायरामा ल्याउदा आफ्नो सरकार हट्नु परेको उनको आरोप थियो ।

चीनको बिकासले नेपाललाइ उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनको भनाई थियो । छोङ्छिङ कृषी बिज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एम ओ यु गरिसकेको उल्लेख गर्दै यस्तो बिषयले नेपाल चीन बिचको सम्बन्धलाई थप गहिरो बनाउदै लाने पनि शर्माको भनाइ छ ।

तेस्तै कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबिच एउटा छुट्टै सम्बन्ध बन्नेमा बिश्वास रहेको उल्लेख गरे । अर्को एउटा कार्यक्रममा सीपीसी पार्टी स्कुलको पुर्ब उप प्राध्यापक लुओ जिओ मोइले चीन बिकासको लागि चीन र सि चिन्फिङले अबलम्बन गरेको बाटो विषय जानकारी गराइएको थियोे ।

कार्यक्रममा चीनले सदैब आफ्नो जनतालाई प्रमुख प्रथमिकतामा राखेको जननकरी दिइएको थियो । देश र जनताको बिकासको लागि कहिलेकाही निर्मम पनि बन्नु पर्ने भन्दै आफ्नै नजिकको मान्छे भ्रस्टाचार गर्छ भने कडा कारबाही गर्न पछि हट्न नहुने आफ्नो धारणा चीनले स्पष्ट पारेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस