आज:  | Fri, 18, Apr, 2025

ब्राउनसुगर जस्तो पदार्थको लागु औषधसहित ९ जना पक्राउ

२७ चैत्र २०८१, बिहीबार १३:१४ मा प्रकाशित ( १ हफ्ता अघि) १९८५ पटक पढिएको
नारी बाटिका


​काठमाडौं २८ चैत ।

विभिन्न जिल्लाबाट एकै दिनमा  लागुऔषध सहित ९ जना कारोबारी पक्राउ परेका छन्।

बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीको टोलिले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई लागुऔषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका(१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन्। त्यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका ४ कुसुम्वाघाटबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका ८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका(७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन्। इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीको टोलिले उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका(३ धोबीघाटबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका(१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका(७ का २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका(८ का २४ वर्षीय दिपेश भण्डारी रहेका छन्।

उनीहरुलाई प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार थिए । सोही समयमा लागुऔषध सहित पक्राउ परेका हुन्। यस्तै बारा, फेटा गाउँपालिका ३ चौतारा नजिक घोडासाहनबाट लागुऔषध ब्राउनसुगर जस्तै पदार्थ ७८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण(२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो।

उदयपुर, बेलका नगरपालिका(९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस