आज:  | Thu, 17, Apr, 2025

वडाध्यक्ष भण्डारी झुण्डिएको अवस्थामा मृत फेला

२६ चैत्र २०८१, बुधबार १८:०६ मा प्रकाशित ( १ हफ्ता अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


बागलुङ २७ चैत।

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ।

वडाध्यक्ष भण्डारी डोरीको पासो लगाई झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले बताएका छन्।

घटना स्थलमा ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष भण्डारी २०७९ मा भएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस