आज:  | Thu, 17, Apr, 2025

त्रिभुवन विमानास्थलबाट ६ किलो गाँजासहित विदेशी महिला पक्राउ

२५ चैत्र २०८१, मंगलवार १९:३७ मा प्रकाशित ( १ हफ्ता अघि) १९८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ चैत।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट लागुऔषधसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई आज ६ किलो गाँजासहित विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

ति विदेशी नागरिक महिलाको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी हुन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस