आज:  | Tue, 08, Apr, 2025

पिकअप भ्यान पल्टिएर एक बालिकासहित दुईको मृत्यु, २२जना घाइते

२५ चैत्र २०८१, मंगलवार ०७:१५ मा प्रकाशित ( ८ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


लुम्बिनी २६ चैत।

रुपन्देही जिल्लाको भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिएर दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा गुडिरहेको पिकअप भ्यान घुम्तिमोडमा पुगेपछि आफै अनियन्त्रित भई पल्टिएको हो । उक्त भ्यानमा २४ जना सवार यात्रुहरुे लुम्बिनीको मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पिकअप भ्यानका चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनु भयो ।

माल सामान बोक्ने पिकअप भ्यानमा क्षमता भन्दा बढी यात्रु सवार हुँदा गाडीको क्षमता बढी भई दुर्घटना भएको प्रहरीको भनाई छ । घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस