आज:  | Mon, 07, Apr, 2025

पवित्रस्थल गंगाजमुना देवीको दर्शन, पुजाआरधना गरी २०८१को भ्रमण अन्त्य

२४ चैत्र २०८१, सोमबार ०७:१९ मा प्रकाशित ( १८ घण्टा अघि) ३१०१ पटक पढिएको
नारी बाटिका



धादिङ २५ चैत ।

नारी विकास सहकारी संस्थाद्वारा पवित्र धार्मिक स्थल गंगाजमुना देवीको दर्शन र पुजा आरधना गरी २०८१ सालको भ्रमण कार्यक्रमको अन्त्य गरेको छ । अवलोकन भ्रमणबाट ज्ञान,सिप हासिल गर्न नारी विकास सहकारी संस्थाद्वारा वार्षिक कार्य योजना अनुसार सहकारीले यस २०८१ सालको  भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।सहकारीमा रहेका सदस्यहरुलाई अन्तर जिल्ला तथा जिल्लाभित्रका राम्रा काम गर्ने अन्य सहकारीहरुको अवलोकन तथा धार्मिक मठ मन्दिरको दर्शन गराएर अध्ययन अवलोकन भ्रमणमा हासिल गरेको ज्ञान र सिपलाई आफ्नो सहकारी संस्थामा अपनाई भ्रमण फलदाई वनाउन तिर्थ दर्शन कार्यक्रमको आयोजना गरिएको सहकारीले जनाएको छ ।अध्ययन अवलोकन भ्रमणका सहभागीहरुमा सहकारीका अध्यक्ष भगवती उप्रेती,उपाध्यक्ष प्रमिला घिमिरे,पुर्व उपाध्यक्ष तथा सहकारी सम्रक्षक तथा जेष्ठनारिक समुहका सयोजक चित्र कु.भण्डारी,सचिव मेनुका सापकोटा,

संन्चालक सदस्य सान्ती नेपाली,लेखा सदस्य पम्फा अधिकारी,सदस्य सुशिला थापा,ऋण उपसमिति गंगा घिमिरे,सहकारीका कर्मचारी सरस्वती श्रेष्ठ,रिता दवाडी नेपाली,वसुन्धरा खनालको सहभागिता रहेको थियो ।

त्यसैगरी तिर्थ भ्रमण तथा दर्शन कार्यक्रममा सहकारी संस्थामा आवद्ध निलकण्ठ नगरपालिका वडा नं.२, वडा नं.३,वडा नं.४,वडा न.५,वडा नं. ६,वडा नं.१२  का  नारी केन्द्र अन्तर्रगतका समुहका प्रतिनिध लगायतबाट सहभागिता रहेको थियो । त्यसैगरी संस्थाको विभिन्न उप समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु,सहकारीका शेयर सदस्यहरु र उनिहरुका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । 

यसैगरी सहकारीले यसअघि पनि यसै चालु वर्षको वार्षिक योजना अनुसार जिल्लाभित्र तथा जिल्ला वाहिरका विभिन्न धार्मिक तिर्थ स्थलहरु,नियम अनुसार सदस्यका हित तथा सामाजिक रुपमा राम्रा क्रियकलाप संन्चालन भएका सहकारी संस्थाहरुको अध्ययन अवलोकन भ्रमण गराइसकेको छ ।   अवलोकनका क्रममा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमबाट आएका सल्लाह र सुभावलाई समेटिने गरी सहकारीले आगमी वर्षको योजना निर्माण गर्ने गरेको छ । 

सहकारीले यसरी योजनाका साथ संन्चालन हुने विभिन्न समयमा आयोजना गरिएको अध्ययन अवलोकन भ्रमणबाट हाँसिल गरेको

ज्ञान, सिप, सुझावलाई अंगिकार गरी कार्य गर्दा थप पारदर्शी र अनियमितता हुनबाट जोगाई सहकारी संस्था सञ्चालनमा उत्साह पैदा हुने नारी विकास सहकारीले जनाएको छ । यस्ता कार्यक्रमहरुको आयोजाना गर्दा सहकारी संस्थामा यस्ता कार्यक्रमका लागी कुनैपनि स्रोतहरु नहुने र खर्च व्यवस्थापनमा केही रकम स्वयम सहभागिहरुले लगानी गर्ने बाँकी खर्च तथा कार्यक्रम व्यवस्थापनमा अभिभावक संस्था नारी जागरण केन्द्रबाट सहयोग गर्दै आईरहेको छ । 

सहकारीले चालु वर्षको योजना अनुसारको यस वर्ष अनितम कार्यक्रम धादिङको पवित्र धार्मिक स्थल गंगा जमुना देवीको दर्शन, पुजा आरधना गरी अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस