आज:  | Mon, 07, Apr, 2025

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

२४ चैत्र २०८१, सोमबार ०४:०२ मा प्रकाशित ( २१ घण्टा अघि) १७०६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २५ चैत ।

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको मृत्यु भएको हो । आइतबार राति करिव ११ बजेतिर उनको निधन भएको परिवार स्रोतले जानकारी गराएको थियो।

रिसालको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथली भन्ने स्थानमा भएको थियो। पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

उनले मानवअधिकार सम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

वरिक्ष्ठ पत्रकार रिसालले रेडियो सगरमाथामा लामो समयसम्म बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए। वामपन्थी विचारधाराका रिसालले २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।

उनी राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारीमा रहेर काम गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा काम गरेका थिए ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस