आज:  | Mon, 07, Apr, 2025

छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

२३ चैत्र २०८१, आईतवार १९:५५ मा प्रकाशित ( १ दिन अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २४ चैत ।

अर्घाखाँची, मालारानी गाउँपालिका(३ ढुङ्गाडेस्थित सडकमा आफै जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा जिप चालक मालारानी गाउँपालिका(४ लुटीपोखरी बस्ने २१ वर्षीय दिलिप खनाल र जिपमा सवार २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको छ ।

आज सोही गाउँपालिका(४ लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु।२ च २९९० नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुबैको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

यसैगरी सोलुखुम्बु, सोताङ गाउँपालिका(२ जुकेस सडकमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र।३(०१(०२४ च ६८१४ नम्बरको बोलेरो शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका(५ बस्ने ३० वर्षीया सरिता राईको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएकी राईको सोताङ प्राथामिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नुवाकोट, ककनी गाउँपालिका(३मा ना(६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गानाको मृत्यु भएको छ । ढुगाना आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा गम्भीर घाइते भई वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस