आज:  | Mon, 17, Mar, 2025

अमेरिकाले ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने तयारी (सूचीसहि)

३ चैत्र २०८१, सोमबार १५:५३ मा प्रकाशित ( १३ घण्टा अघि) १८९२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ चैत ।

अमेरिकाले ४३ देशका नागरिकलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने भएको छ ।

भर्खरै न्यूओर्क टाइम्स अमेरिकी संन्चार माध्यमले दिएको जानकारी अनुसार ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट बन्चित हुनेछन् ।

ट्रम्प प्रशासनले ति देशलाई तीन भागमा विभाजन गरेको छ भने उनीहरुको रङहरु रेड, अरेञ्ज र यल्लोमा छुट्याएको छ। रेड लिस्ट’मा राखिएका देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइने भएको छ ।

‘अरेञ्ज लिस्ट’मा परेका देशका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लाग्नेछ भने , ‘यल्लो लिस्ट’मा रहेका देशका नागरिकलाई ६० दिनभित्र आफ्ना सुरक्षा सम्बन्धी कमी कमजारीहरू सुधार नगरेमा अन्य सूचीमा सारिने चेतावनी दिइन्छ भनेको छ ।

यी कमजोरीहरूमा अमेरिका प्रवेश गर्ने यात्रुहरूको विवरण नदिएको, राहदानी वितरणमा कमजोर सुरक्षा प्रक्रिया अपनाएको वा प्रतिबन्धित देशका नागरिकलाई नागरिकता बेच्नेजस्ता मुद्दा समावेश हुन सक्ने बताईएको छ ।

1.रेड लिस्टमा परेका देशहरु

अफगानिस्तान,भूटान,क्युबा,इरान,लिबिया,उत्तर कोरिया,सोमालिया,सुडान,सिरिया,भेनेजुएला र यमन रहेका छन् ।

2.‘अरेञ्ज लिस्ट’मा रहेका देशहरुमा

बेलारुस,इरिट्रिया,हैटी,लाओस,म्यानमार,पाकिस्तान,रुस,सिएरा लियोन,दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।

त्यस्तै 3.‘यल्लो लिस्ट’मा रहेका देशहरु

अङ्गोला,एन्टिगुवा र बारबुडा,बेनिन,बुर्किना फासो,कम्बोडिया,क्यामरुन,केप भर्डे,चाड,कङ्गो गणराज्य,कङ्गो लोकतान्त्रिक गणराज्य,,डोमिनिका, भूमध्यरेखीय गिनी,गाम्बिया,लाइबेरिया,मालावी,माली,माउरिटानिया,सेन्ट किट्स एन्ड नेभिस,सेन्ट लुसिया,साओ टोमे र प्रिन्सिपे, भानुआतु र
जिम्बाब्वे रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस