आज:  | Mon, 17, Mar, 2025

ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र,पाँचजना भन्दा बढी व्यक्ति भेला हुन नपाइने

३ चैत्र २०८१, सोमबार ०७:२१ मा प्रकाशित ( ५ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ चैत ।

पछिल्लो समयमा राजधानी केन्द्रीत गरी राजावादीहरुले आन्दोलनलाई तिब्र पारेपछी निषेधाज्ञा जारी गरिएको छ । आईतबार एक सुचना जारी गरी ललितपुरका केही क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

सुचना मार्फत भनिएको छ ,कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो ।

आज चैत ४ बाट लागू हुने गरी निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनु भयो । निषेधाज्ञा जारी भएका क्षेत्र एरियामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता कुनैपनि विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ।

पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको ललितपुर प्रशासनले जनाएको छ । हालै राजावादी र शिक्षकहरूले यस क्षेत्रमा पनि प्रदर्शन गर्ने सूचना पाए पछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस