आज:  | Mon, 17, Mar, 2025

पूर्व विशिष्टहरूलाई आजीवन सुविधाको बहस चुलिँदै

२ चैत्र २०८१, आईतवार १२:२६ मा प्रकाशित ( २२ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ चंत ।

सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयमा यतिबेला बहस चुलिँदै छ । साथै यस विषयले सामाजिक संन्जालमा विभिन्न प्रकारको टिका टिप्पणाी पनि हुन थालेको हो । सरकारले कानून बनाएर यसको तयारी गरेपछी सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन्।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन्। उनको भनाई छ मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्था छ । तर सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यो कानुन् लागु गर्न नहुने बताए।

त्यसैगरी सांंसद् यादवले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको उहाँको सुझाव थियो।

त्यसैगरी , ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ। विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर सरकारको तिब्र आलोचना भइरहेको छ । देशको यस्तो परिस्थितिमा पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सेवा दिने कानून बनाउन लागेकोमा उहँले आपत्ति जनाउनु भयो ।

पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने विषयले पछिल्लो समयमा सरकारको तिब्र आलोचना भैईरहेको छ । देश आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको यस्तो अवस्थामा पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने अधिकाँशको धारणा छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस