आज:  | Sat, 15, Mar, 2025

नारायणहिटी खाली गर्न राजावदीको सरकारलाई चेतावनी

१ चैत्र २०८१, शनिबार १७:१४ मा प्रकाशित ( ८ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


आज पनि नारायणहिटी दरवार नजिकै राजावादीको प्रदर्शन

काठमाडौं २ चैत।

पछिल्लो समयमा राजावादी संघ संस्था र राजतन्त्र पक्षधर समूहले प्रभावकारी रुपमा सडक आन्दोलन गरिरहेका छन् । उनीहरुले आज पनि नारायणहिटी दरबार संग्रहालय अगाडि शक्ति प्रदर्शन गरेका छन्। शनिबार आयोजित सामाखुसीबाट बाइक र्‍यालीसहित उनीहरुले नारायणहिटी दरबारनजिकै आइपुगेर कोणसभा गरेका हुन्।

केही दिनयता राजतन्त्रको पक्षमा राजावादीहरुले गरेको सडक आन्दोलनमा जनमाहोल बढ्दै गएको उनीहरुले दाबी गरेका छन्। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा गरिएको स्वागत र्‍यालीमा जनताको उल्लेख्य सहभागिता रहेपछि राजावादीहरू राजतन्त्रको बारेमा निकै हौसिएका छन्।

पछिल्लो राजावादी पक्षधरको आन्दोलनमा विभिन्न राजनीतिक दल तथा संगठनमा आवद्ध आन्दोलनकारीहरूले नेपालमा राजा र साजसंस्था छिट्टै फर्किने दाबी गरेका छन्। आजको र्यालीमा पनि राजा राख्‍नका लागि छिटो नारायणहिटी खाली गर्न उनीहरूले सरकारलाई चेतावनी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस