आज:  | Sun, 16, Mar, 2025

सांसद ज्ञानेन्द्र शाहीको भट्किला र झुठा भाषण दिएको भन्दै प्रचण्डलाई चेतावनी

१ चैत्र २०८१, शनिबार ०७:०५ मा प्रकाशित ( १ दिन अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं २ चैत।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले भट्किला र झुठा भाषण दिएको भन्दै प्रचण्डलाई चेतावनी दिएका छन् । नेता शाहीले नेपाली जनता माझ झुटा र भट्किला भाषण गर्दै हिँडेमा नेपाली जनताले माफी दिने छैनन् भन्दै माओवादीका अध्यक्ष एव्ं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई चेतावनी दिएका हुन् ।

उनले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् । शुक्रबार सिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको जवाफमा नेता शाहीले आफ्नो सामाजिक सञ्जाल मार्फत जवाफ दिँदै शाहीले भट्किला र झुठा भाषण गर्दै हिँडेमा प्रचण्डलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।

उनले भनेका छन्( ‘‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो । विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो ? तपाईँले रेटयो ।

त्येसैगरी उनले ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ । तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नवीनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नु भयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस