आज:  | Fri, 14, Mar, 2025

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति सहित ६ विद्यार्थी पक्राउ

३० फाल्गुन २०८१, शुक्रबार १७:५५ मा प्रकाशित ( ६ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


मोरङ १ चैत।

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

परेका हरुमा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, रहेका छन् ।

यसैगरी विराटनगर–१२ घर भएका २८ वर्षीय स्ववियु सदस्य प्रज्वल अधिकारी, विराटनगर–७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर–१ बस्ने १९ वर्षीय विद्यार्थी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरूले स्ववियु कार्यालयको कुर्सी, सूचना पाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आफुभित्रै विवाद सिर्जना भएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएका थिए। इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा तालासमेत लगाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस