आज:  | Fri, 14, Mar, 2025

बुरा नमानो होली हैं जोगिरा सररर’ गित गाएर तराई–मधेशमा होली मनाइँदै

३० फाल्गुन २०८१, शुक्रबार ०७:३० मा प्रकाशित ( १५ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ चैत।

रङहरूको पर्व होली आज तराई(मधेश)मा हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली तथा पहाडी जिल्लाहरुमा भने हिँजै फागु पूर्णिमा मनाइएको छ । तर तराई भेगमा भने पुर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा अनुसार आज तराईका सवै जिल्लाहरुमा होली मनाउने गरिएको हो।

सरकारले तराई(मधेश)मा होली पर्व मनाउन आज सार्वजनिक बिदा दिएको छ। सबै प्रकारका भेदभावलाई अन्त्य गरी परस्परमादेखी चलि आएको रङ लगाउँदै सबैलाई रसरङले रमाईलो बनाउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ।

होलीका दिन तराईवासीले आज ‘बुरा नमानो होली हैं जोगिरा सररर।।।’ जस्ता सुमधुर होलीका गीतहरु अहिले मधेशका विभिन्न स्थानहरुमा रेडियो,टेलिभिजनमा गुन्जिरहेको छ।​

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित भएको यस पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको थियो। यो पर्वमा रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य भुलेर भ्रातृत्व भावना बढाउने पर्व हो।

विशेष गरी नेपालको तराई क्षेत्रमा वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ। होली पर्वमा आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ । त्यस्तै आफु भन्दा सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने प्रचलन छ।

यस वर्ष भने मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि मनाइदै छ। मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात शनिवार रहेको उल्लेख गरिएका कारण तेस्रो दिनमा पनि होली मनाउन लागिएको हो। असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्वमा तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेल्ने गर्दछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस