आज:  | Thu, 13, Mar, 2025

अपहरणमा परेका ३ सय यात्रु मुक्त,गरी ३३ जना सुरक्षाकर्मीको हत्या गरियो

२९ फाल्गुन २०८१, बिहीबार १०:३४ मा प्रकाशित ( १४ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ फागुन।

पाकिस्तानमा यात्रुवाहक रेल अपहरण गरी ३ सय यात्रुलाई मुक्त गर्दै ३३ जना सुरक्षाकर्मीको भने हत्या गरिएको छ । अपहरणमा परेकामध्ये ३०० जना यात्रु मुक्त भएका हुन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये ३०० जना यात्रुहरुलाई मुक्त गरी सुरक्षा कर्मीको भने हत्या गरेका छन् ।

अधिकारीहरूले बताए अनुसार हालसम्म ३०० जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा परी ३३ जना लडाकू मारिएको सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । समूहका लडाकुहरूले मंगलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए ।

बलुच लिबरेशन आर्मीले रेलमा रहेका धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ । क्वेटाका एक वरिष्ठ रेल्वे अधिकारी मुहम्मद काशिफले रेलमा चार सयदेखि पाँच सय जना यात्रु रहेको बताएका छन् ।

बन्धकहरूलाई मुक्त गर्न पाकिस्तानी सेनाले कारबाही चलाइरहेको छ । यो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस