आज:  | Thu, 13, Mar, 2025

फागुपर्व (होली)हर्ष उल्लासका साथ मनाइँदै

२९ फाल्गुन २०८१, बिहीबार ०७:१९ मा प्रकाशित ( १८ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


धादिङ – २९ फागुन।

खुशी साटासाट गरी मनाईने फागु पुर्णिमा पर्व आज पहाडी क्षेत्रमा र भोली तराई भागमा फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। यो पटक भने आज(बिहीबार) १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि मात्रै पूर्णिमा सुरु हुने पञ्चांगमा उल्लेख छ।

वसन्त ऋतुको आगमनको सुरुमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ।

यही पर्वलाई तराई(मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा रही आएको छ।

परापुर्व कालमा हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णु भक्त प्रल्हादलाई आगोमा जलायर मार्न खोज्दा आफै आगोमा जलेर मरेको खुशीयालीमा यस फागुपर्व मनाउन थालेको बताइन्छ। होलिकाकै नामबाट होली पर्वको नामबाट चलेको हो ।

काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन आज काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ भने आजै पूर्णिमाको रातमा त्यस चीरलाई ढालेर जलाएपछि यस पर्व समाप्त भएको मानिन्छ।

नेपालको भौगोलिक बनावट र समुदायबिचको रितिरिवाज अनुसार तराई(मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट अर्थात भोली मात्रै होली मनाउने परम्परा छ। फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ भने तराई क्षेत्रमा भोली विदा दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस