आज:  | Wed, 12, Mar, 2025

ठुला दलको भागवण्डामा गैसस महासंघ नेपालको नयाँ नेतृत्व चएन

२८ फाल्गुन २०८१, बुधबार १२:२७ मा प्रकाशित ( ९ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ २८ फागुन ।

गैर सरकारी संस्था महासंघ नेपालको ११ औं महाधिवेशन तथा ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय नागरिक सम्मेलन २०८१ को समुद्घाट्न सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीबाट भएको थियो ।

साथै महासघको नेतृत्वमा ठुला दल नेकपा एमाले,नेपाली काँग्रेस,नेकपा माओवादी तथा अन्य दलसमेतको भागवण्डामा नयाँ नेतृत्व चएन भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिहरु नेकपा (एमालेका उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननीय सीता कुमारी राना, नेकपा माओवादीका केन्द्रिय सदस्य माननीय माधव सापकोटा,पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको आतिथ्यता रहेको थियो ।

यसैगरी युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, युएन एफपीएका नेपाल प्रतिनिधि ओन योङ होङ, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, अन्य साझेदार संघ संस्था, महासंघ, संजाल लगायत सम्बन्धित सरोकारवाला सरकारी निकायहरु,नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा राष्ट्रिय सभा गृहमा कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले सामाजिक संस्थाहरुले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने बताउनु भएको छ ।      

त्यस्तै पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष तथा नागरिक समाजका अभियन्ता तारानाथ दाहालले देशमा गणतन्त्र आईसक्दा पनि नागरिक संघ संस्थाहरु पञ्चायतकालिन नीति कानूनबाट शासित हुनु दुर्भाग्य हो। राजनीतिक परिवर्तनका आन्दोलनमा दलहरुसंगसंगै नागरिक आन्दोलनमा होमिएका नागरिक संस्थाहरुलाई दलहरुले बिर्सिएका छन, यो दुखद छ भन्नु भएको छ।    

उहाँले सांचो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ भने नागरिक संस्थाहरुलाई कार्यमूलक वातावरण सहितको समय सापेक्ष सामाजिक संचालन ऐन ल्याउन दलका प्रतिनिधिहरुलाई अनुरोध दिनु भयो ।

त्यसैगरि पूर्व परराष्ट्रमन्त्री बिमला राई पौडेलले नागरिक समाजको भुमिका सामाजिक विकास र रुपान्तरणमा महत्त्वपूर्ण भुमिका छ र समृद्धिका लागि साझेदारी बनाएर परिचालन गर्न आवश्यक रहेको कुरामा जोड दिनु भयो । सामाजिक संघसंस्थाको दिगोपनाका लागि कर्पोरेट सामाजिक उत्तरदायित्व, सामाजिक उद्यमशीलता, सामाजिक उद्येश्यका लागि आयआर्जनका क्षेत्रमा नीतिगत र कार्यवातावरणको आवश्यकता रहेको औल्याउनु भयो ।  

त्यस्तै विशिष्ट अतिथिको रूपमा उपस्थिति रहनु भएको राजनीतिक दलहरुका नेता नेकपा एमालेका प्रदिप ज्ञवाली, नेपाली कांग्रसका सीता कुमारी राना, नेकपा माओवादीका माधव सापकोटाले संघ संस्थाको हालसम्मको योगदानको चर्चा गर्दै अब देशलाई समृद्धि तर्फ लैजान समय सापेक्ष संस्थाहरुको भुमिका रुपान्तरण हुनको लागि आव्हान गर्नु भयो।

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि नागरिक संघसंगठनका अभियान र सवालमा ऐक्यबद्धता जाहेर गर्नु भयो । युरोपियन युनियनका राहदूत भेरोनिक लोरेन्जोले नागरिक समाजको दिगोपनको बारेमा कुरा गर्नु झन् झन् महत्वपूर्ण हुँदै गएको बताउनु भयो ।

उहाँले भन्नु भयो । तर हामी विश्वव्यापी रुपमै कठिन अवस्थाबाट गुज्रिएको र सामान्य परिस्थिति नरहेको बताउँदै केही गर्नैपर्नै अवस्था आईपरेको र वास्तवमै परिवर्तनसँगै अनुकूलन गर्न आवश्यक रहेको बताउनु भयो।

युएन एफपिएका प्रतिनिधि वोन योङ होङले नागरिक समाज लोकतन्त्रका समर्थक, परिवर्तनका वाहक, मानव अधिकारका रक्षक, जवाफदेहिताको मेरुदण्ड हुन्। त्यसैले, हामीले नागरिक स्थानलाई प्रतिबन्धित गर्नुको सट्टा यसको रक्षा गर्नु पर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्षता गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुबेदीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस