आज:  | Wed, 12, Mar, 2025

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

२७ फाल्गुन २०८१, मंगलवार २१:०४ मा प्रकाशित ( १४ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


ताप्लेजुङ २७ फागुन।

१५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनापछी पीडितका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको जाहेरी परेको थियो ।

निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ अनुसार अनुसन्धान अघि बढाएको छ । निजलाई जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस