आज:  | Tue, 11, Mar, 2025

काठमाडौंमा दुई महिनाका लागि यी स्थान निषेधाज्ञा जारी(सूचनासहित)

२७ फाल्गुन २०८१, मंगलवार ०६:५२ मा प्रकाशित ( १६ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ फागुन।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिल्ला प्रशासन कार्यलयले आइतबार (फागुन २५ गते)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर रहेको छ। ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जना भन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने जनाएको छ।

कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाका कार्यालय,अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र वरपरका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा,सार्वजनिक सेवा प्रवाह,सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

साथै अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना,घेराउ,जुलुस,प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई सार्वजनिक सेवा प्रवाह, यातायातमा असर पर्ने भएकोले निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न सक्ने मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क)बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१।११।२५ गतेदेखि लागु हुने गरी २ (दुई)महिनाका लागि निषेध गरिएको हो,’–

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस