आज:  | Tue, 11, Mar, 2025

बोल्ने समय निकै नजिक आइसकेको :रास्वपा सभापति रवि लामिछाने

२६ फाल्गुन २०८१, सोमबार १९:२९ मा प्रकाशित ( १ दिन अघि) ९९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२६ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफु बोल्ने दिन नजिक आएको बताएका छन् । उनले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका हुन् ।

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा लामिछानेले निवेदन दर्ता गराएसंगै यस्तो प्रतिक्रिया दिएका थिए ।
उनले भने मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधन सहित आउँदैछु’,

लामिछाने विरुद्धमा परेको बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।

रास्वपा सभापती तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश दिएपछि त्यसविरुद्ध उच्च अदालत गएका हुन्।

जिल्लाको उक्त आदेश बदरको माग गर्दै लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनीविरुद्ध फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएको थियो ।

लामिछानेले सो आदेशमा आफुलाई चित्त नबुझेको भन्दै सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमासो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि उनले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस