आज:  | Tue, 11, Mar, 2025

धुनिवेशीमा भएको सवारी दुर्घटनामा घाईतेमध्य एकजनालाई काठमाडौं रिफर

२५ फाल्गुन २०८१, आईतवार २०:२२ मा प्रकाशित ( २ दिन अघि) २७२९ पटक पढिएको
नारी बाटिका


धादिङ –२५ फागुन ।

धुनिवेशीमा आज भएको सवारी दुर्घटनामा घाईतेमध्य एकजनालाई थप उपचारको लागी काठमाडौं रिफर

पृथ्वी राजमार्गको धुनिवेशीमा आज भएको सवारी दुर्घटनामा घाईतेमध्य एकजनालाई थप उपचारको लागी काठमाडौं रिफर गरिएको छ । आज दिउँसो करिव १ बजेको समयमा धादिङको धुनिवेशी धार्केमा सवारी दुर्घटनामा परी तिनजना घाईते भएका थिए ।

धुनिवेशी नगरपालिका ६ धार्केमा काठमाण्डौबाट चितवन तर्फ जादै गरेको ना.३७ प.४६४०नं.को मोटरसाइकलले सोहि दिशा तर्फ जादै गरेको प्र.२.०३.००१ ख.३९१९ नं.को ट्रकलाई ओभरट्याक गर्ने क्रममा विपरित दिशा तर्फ आउदै गरेको बा.प्र.०२.०२७ प.५८६२ नं.को स्कुटरमा ठक्कर खादाँ मोटरसाईकल चिप्लेर दुर्घटनामा परेको हो ।

त्यसैगरी सोहि ३९१९ नं.को ट्रक मुनि पुगि निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागी धार्के स्थित साईबाबा सामुदायिक अस्पताल पठाईएको थियो ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यलय खोलाबाट प्र.स.नि उज्जवल घले ९८४११४४५७३ को कमाण्डमा टोली खटी गएको र मोटरसाईकल र ट्रक चालक र स्कुटलाई खानीखोला ईलाका प्रहरी कार्यलयको नियन्त्रणमा लिएको थियो ।

उक्त दुर्घटनामा परी निम्न व्यक्तिहरु घाईते भएका छन् ।

१. ना.३७ प.४६४० नं.को मो.सा चालक( इ.प्र.का दार्खा धादिङमा दरबन्दी भई हाल प्रहरी वृत्त सिंहदरबार काठमाण्डौमा कार्यरत रहेको प्र.ह. चितवन जिल्ला राप्ति न.पा १० बस्ने वर्ष ३८ को बुद्दि बहादुर चेपाङ १० दिनको घर विदामा रहेका र उनको दाहिने खुट्टा, दाहिने हात र शरिरको बिभिन्न भागमा चोट,अवस्था मध्यम छ भने उनी बोल्न सक्ने अवस्थामा छन्।

२. बा.प्र..०२७ प ५८६२ नं. को स्कुटर चालक धादिङ जिल्ला निलकण्ड नगरपालिका १४ बस्ने वर्ष १८ को मिङमार तामाङ,हात खुट्टामा सामान्य चोट,अवस्था सामान्य, बोल्न सक्ने ।

३. ऐ.स्कुटरको पछाडी सवार निजको आमा ऐ.ऐ.बस्ने वर्ष ४८ की पेमजोङ तामाङको पनि अवस्था सामान्य रहेको थियो भने उनीहरुको उपचारपछी डिस्चार्ज भएको इलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस