आज:  | Tue, 11, Mar, 2025

त्रिभुवन विमानस्थलमा कडा सुरक्षा व्यवस्थापन

२५ फाल्गुन २०८१, आईतवार १४:३६ मा प्रकाशित ( २ दिन अघि) ३४२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ फागुन ।

पूर्व राजा ज्ञानेन्द्र शमह आज पोखरादेखि काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा बिहानै देखी सुरक्षा व्यवस्थापनमा कडाई पारिएको छ। आईतबार विहानैदेखी हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अन्य यात्रीहरलाई एयरपोर्ट छिर्न निषेध गरिएको बताईएको छ।

त्येसैगरी विमानस्थल प्रवेश गर्ने गेटबाटै सडक एकतर्फी बनाइएको छ । बाहिर निस्कन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ ।

विमानस्थल आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखरा हवाइमार्गबाट काठमाडौं आउँदै हुनुहुन्छ ।

पुर्वराजा आउने भएपछी उहाँका स्वागतका लागी राप्रपा र राप्रपा नेपाल लगायतका राजावादी संघ संस्थाहरुबाट विमानस्थल जाने तयारी गरिएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस