आज:  | Fri, 14, Mar, 2025

अष्ट्रेलियामा तीन लाख ३० हजारभन्दा बढी घरहरु अन्धकारमा

२५ फाल्गुन २०८१, आईतवार ०७:३० मा प्रकाशित ( ५ दिन अघि) २०४७ पटक पढिएको
नारी बाटिका


काठमाडौं –२५ फागुन ।

अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा समुद्री आँधीले हजारौँ घरहरु अन्धकारमा परेका छन्।

अल्फ्रेड नाम गरेको आँधीका कारण एकजनाको मृत्यु भएको छ । उक्ति घटना आँधीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका १३ सैनिकसमेत घाइते भएका अष्ट्रेलियाली संन्चार माध्यमले जनाएको छ ।

यद्यपी केही बेरदेखी आँधी मत्थर भएको र वर्षामा परिणत भएको छ। तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘रहेको’ बताएको छ।

शक्तिशाली आँधी आएको र उक्त जमिनमा अवतरण हुनु पहिले नै रूख र बिजुलीका प्रसारण लाइनमा नराम्रोसंग क्षति पुगेको बताईएको। होचा क्षेत्रका सडकहरू डुबानमा परेका छन्। सोही घटनामा मृत्यु भएका एक जना ६१ वर्षका पुरुषको शब प्रहरीले बाढीमा भेटिएको जनाएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका थिए ।

त्यस्तै उद्धारमा खटिएका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिकहरु घाइते भएको संन्चारमाध्मले बताएका छन्।

अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पु¥याउने पूर्वानुमान गरेका छन्। शनिवारबाट सुरु भएको आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आँकलन गरिएको छ।

आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ।

अष्ट्रेलियाको क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा परेका छन्। दुवै क्षेत्रमा मौसमविद्हरुले सजग रहन चेतावनीहरू जारी गरिएका छन्।

ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको जनाएको छ। त्यस्तै अर्को कम्पनी इसेन्सिअल इनर्जीले पनि न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस