आज:  | Tue, 08, Apr, 2025

महिला विरुद्धको हिंसाबाट टाढा रहन महिलालाई घरबाटै चुनौती ’

२४ फाल्गुन २०८१, शनिबार २०:१६ मा प्रकाशित ( १ महिना अघि) २६९८ पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाडौं –२४ फागुन ।

आज देशभरमा सरकारी तथा गैह्र सरकारी संघ संस्थाको आयोजनामा ११५ औँ अन्ताराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइएको छ। शनिवार हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वव्यापी रुपमा मनाईने नारी दिवसको अवसर पारेर देशका विभिन्न भागमा विभिद कार्यक्रमको आयोजना गरी ११५ औं अन्तर्राष्ट्रय नारी दिवस मनाईएको हो ।मधेश प्रदेशको जनकपुरधाम,बागमती प्रदेशका सबै जिल्लाहरु लगायतका देशका सबै जसो क्षेत्रमा विभिन्न कार्यक्रम गरी अन्ताराष्ट्रिय नारी दिवस मनाइएको छ।यसैगरी धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित धादिङवेशीमा आयोजित उद्यमी महिला सिप तथा कला प्रदर्शनी कार्यक्रममा महिला नेतृहरूले महिला सम्बन्धी सशक्तिकरणका कार्यक्रमले महिलालाई नेतृत्वमा पुग्न सहज हुने बताएका छन्।विकासको हरेक क्षेत्रमा महिलाहरू अगाडि आउन देखिएको चुनौती सामना गर्न पहिला त महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताएका छन् । नारी दिवसको महत्व तथा यो दिवशले के सन्देश दिन्छ भन्नेमा चेतनामूलक कार्यक्रम आयोजन गरिएको थियो।हामीले २१ औं शताप्दीको कुरा गरिरहँदा झनै पछिल्लो समयमा महिलाले पहिलो त घरैबाट घरेलु हिंसाको सामना गर्नु परेको अवस्था छ । त्यस्तै घरदेखी बाहिर निस्केर समाजको काम गर्दै नेतृत्वमा पुग्नका लागि महिलाहरूले पहिला त घरबाटै मुक्ति पाउनुपर्ने सचेत महिलाहरू बताउँछन्।

समाजमा पुरुष समान अधिकार खोजे पनि महिलाहरू घरमै शोषणमा परेको महिला अधिकार कर्मीको भोगाइको गुनासो छ।पछिल्लो अवस्थामा महिलाहरू शिक्षित भएर राज्यका विभिन्न अंगमा पुगे पनि पुरुष सत्तात्मक सोचमा परिवर्तन नभएको महिलाहरूले नै बताएका छन् ।

उच्च ओहदामा पुगेका महिलाहरू पनि पुरुष सत्तात्मक सोचकै कारण राज्य र घरको दोहोरो बोझ बोकेर हिँड्न बाध्य भएको उनीहरुको भनाइ छ।महिला अधिकार तथा संन्चारकर्मी भगवती उप्रेती,महिलाअधिकार कर्मी सरला धमला,स्वास्थ्य स्वयंसेविका सावित्रा कोईराला,कार्यपालिका सदस्य राम्री नेपाली,महिला जनप्रतिनिधि सम्झना विक,एलिना राई गुरुङ,निलकण्ठ नगरपालिकाका सामाजिक अधिकृत उर्मिला थपलिया,गायत्री खतिवडा लगायतको उपस्थिति रहेको थियो ।अलिकति अवसर पाएका महिलाहरुले त घरेलु हिंसाको सामना गर्नु परेको अवस्था छ भने झनै ग्रामिण भेगमा रहेको अवसरबाट बन्चित महिला हरेक कुरामा पछाडि परेको अवस्था उस्तै छ।

केही राजनीतिक नेताबाहेक कुनै पनि क्षेत्रमा महिलाको स्थान नगण्य रहेको उनको उनीहरुको भनाइ छ। प्रदर्शनमा सहभागी जुना मगरले महिला अधिकार प्राप्तिका लागि अहिले पनि कठिन रहेको बताइन्।घरको घेराबाट बाहिरी समाजमा जानै मुस्किल रहेको महिला बत्ताहरुको भनाइ छ। महिला र पुरुषबीचको श्रममा रहेको विभेद स्थानीय सरकारले अन्त्य गर्नुपर्ने बताएका छन्। महिलाले पाएको जे जति अधिकार छ सरकारले सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ।महिला दिवसको अवसरमा मात्र नभई महिला सशक्तिकरण र जागरणका लागि विविध कार्यक्रम आयोजना सरकारी स्तरबाटै हुनुपर्ने महिलाहरूको माग छ। महिला जागरण सम्बन्धित कार्यक्रम आयोजना गरी महिलालाई नेतृत्वमा पुग्न सरकारले सहजीकरण गर्दै हरेक राजनितिक दलहरुले भाषणमा नभएर आ आफ्ना पार्टीमा सन्मानजनक हिसाबले महिलाको स्थानको सुनियोचित गर्नु पर्नेमा महिला अभियन्ताले जोड दिएका छन्।

निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख भिम प्र ढुंगानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी,नगरस्थितका महिला

जनप्रतिनिधिहरु,नगरपालिका कर्मचारीहरु,विभिन्न कार्यलय तथा संघसंस्थाका प्रमुख एव्ं प्रतिनिधिहरु,पत्रकारहरुको उललेखनीय सहभागिता रहेको थियो ।

नगरपालिका भित्रका उद्योमी महिलाको उद्योग र सिपलाई प्रवद्धन गर्ने उदेस्यले धादिगवेशीको बिचवजारचोमा १५ वटा स्टल निर्माण गरी महिलाले उत्पादन गरेका कृर्षी तथा हस्तकलाका सामानको पर्दशनी र विक्री वितरण गरिएको थियो ।

साथै कार्यक्रममा महिला पञ्चे बाजा,गित कविता लगायत प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घोषण नगरपालिकाको महिला बालबालिका शाखाकी निर्मला केसी संन्चालन गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस