आज:  | Mon, 07, Apr, 2025

संविधानसभा सदस्य सापकोटाको निधन

८ फाल्गुन २०८१, बिहीबार १६:३० मा प्रकाशित ( १ महिना अघि) २५७४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ फागुन ।

तत्कालीन संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

मण्डनदेउपुर नगरपालिका– ७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित थिए । स्रोतका अनुसार उनको फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी अस्पताल भर्ना भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस