आज:  | Mon, 07, Apr, 2025

काँग्रेस सभापति देउवाको अचानक आफ्नो भारत भ्रमण स्थगित

८ फाल्गुन २०८१, बिहीबार १५:४९ मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा युपीका मुख्यमन्त्री योगी आदित्य नाथ पनि सहभागी हुने कार्यसुचि थियो।

पूर्वप्रधानमन्त्री देउवा बिहीबार भारत जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तय भएको थियो । तर देउवाले बिहीबार बिहान अचानक आफ्नो भारत भ्रमण स्थगित गरेका हुन् ।

उहाँ कै धर्मपत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गर्नु भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले भारत भ्रमण स्थगित गरेको जानकारीमा आएको बताएका छन् ।

स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि उहाँले आफ्नो भ्रमण स्थगित गर्नु भएको बताईएको छ । दिल्लीमा आजै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तयारी छ । वेटिङ प्राइममिनिस्टरका रूपमा हेरिएका देउवा नेपाल भारतबिचमा सुमधुर सम्बन्ध होस् भन्ने चाहानु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस