आज:  | Mon, 07, Apr, 2025

प्रकृति मृत्यु प्रकरणमा असुरक्षित अवस्थाले एक सय २६ विद्यार्थी नेपाल फर्किए

८ फाल्गुन २०८१, बिहीबार ०६:५७ मा प्रकाशित ( १ महिना अघि) ३००८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ फागुन ।

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी)मा प्रकृतिको मृत्युपछी अन्य विद्यार्थीहरु असुरक्षित महशुस गरी एक सय २६ जना नेपाल फर्किएका छन् ।

केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको कलेज मै शंकास्पद मृत्युपछि त्यहाँ अध्यनरत नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले भारतीय प्रहरी लगायर कुटपिटसमेत गरी कलेजबाटै निकालेर उनीहरु असुरक्षित भएपछी स्वदेश फर्किएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले रक्सौल नाका हुँदै बुधबार एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिनु भयो । नेपालफर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो समेत गरेको प्रजिअ गौतमले बताउनु भयो।

उक्त युनिभर्सिटीमा अध्ययनरत २० वर्षीया छात्रा प्रकृति लम्सालको आइतबार अपराह्न कलेज मै शंकास्पद रुपमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिले पटक पटक आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले त्यस विषयलाई गम्भीरतापूर्वक नलिँदा उनको ज्यान नै गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस