आज:  | Mon, 07, Apr, 2025

काङ्ग्रेस-एमालेको गठबन्धन सरकार तानाशाही भएको अध्यक्ष नेपालको आरोप

७ फाल्गुन २०८१, बुधबार १७:३९ मा प्रकाशित ( १ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ७ फागुन ।

नेकपा एकीकृत समाजवादीले काङ्ग्रेस(एमाले दुई दलीय गठबन्धन गरी तानाशाहतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन् ।

बुधबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान सत्ता गठबन्धन गरी दुई दलीय तानाशाह लाद्न अग्रसर भएको आरोप लगाएका हुन् । अध्यक्ष नेपालले वर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै सो कुरा राजनीतिक प्रतिवेदनमा समावेश गरेका छन्, ।

उनको प्रतिवेदन अनुसार “अहिलेको गठबन्धनको सरकार देश र जनताको हितमा छैन । ”यो निरङ्कुश एवं स्वेच्छारी ढङ्गले चल्दैछ । वर्तमान सत्ता गठबन्धनबाट मुलुमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको उनले आरोप लगाएका हुन्।

यसैगरी सरकार जनताको पक्षमा नभएर भूमाफियाको पक्षमा रहेको उनको आरोप छ। सरकारले ल्याएको भूमीसम्बन्धि अध्यादेश त्यसकै उपज भएको बताए । “जग्गा दललाई हदबन्दीभन्दा बढी जग्गा बेच्न दिने तथा अव्यवस्थित बसोबासका नाममा सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिने प्रावबाधन ल्याउन लागेको बताए ।

सरकार आम नेपाली जनताको पक्षमा होइन दलाल व्यापारी र भूमाफियाको पक्षमा छ भन्ने कुरा अध्यादेशका प्रावधानले देखाउँछ,” नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । सरकार गठन भएको सात महिना भैसक्दा पनि जनपक्षीय काम नभएको उल्लेख छ । “सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उनको धारणा छ ।

यसै गरी अध्यादेशका कारण सरकारलाई अप्ठ्यारो परेकाले जसरी पनि पारित गर्ने षड्यन्त्रमा भएको उनले प्रतिवेदनमा भनेका छन् । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समाजवादीको पोलिटब्यूरो बैठकमा पेस भएको छ । यो प्रतिवेदनमा शुक्रबारसम्म छलफल हुने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस