आज:  | Mon, 07, Apr, 2025

पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

७ फाल्गुन २०८१, बुधबार १३:३७ मा प्रकाशित ( १ महिना अघि) ३२८७ पटक पढिएको
नारी बाटिका


पोखरा ७ फागुन।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार भ्रमण वर्ष २०२५ कार्यक्रमको उद्घाटन समारोहमा बेलुनमा ग्यास भर्ने एक भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ ।

कार्यक्रम उद्घाटन समारोहमा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाईते भएका थिए । घटनाबारे अनुसन्धान अघि बढाइएसंगै बेलुनमा ग्यास भर्ने कमलेस कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

गत शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बलुनमा आगोको झिल्कोले लागेर पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएपछी पोखरामा सामान्य उपचार गरी थप उपचारको लागी काठमाडौं लगिएको थियो।

घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज भैसकेका छन् भने मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस