आज:  | Mon, 07, Apr, 2025

७५ औँ प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै

७ फाल्गुन २०८१, बुधबार ०७:४२ मा प्रकाशित ( १ महिना अघि) २६९८ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता
धादिङ -७ फागुन ।

१०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा अहिले बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहने कार्यक्रम छ। यस्तै प्रजातन्त्र दिवस टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसुचि छ ।

नेपालमा प्रजातन्त्र ल्याउनका लागि विभिन्न समयमा भएका संघर्षमा र जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरी ७५औें प्रजातन्त्र दिवसको समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

मुलकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउनका लागी आफ्नो जिवनको वलिदान दिएका शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए । जनताका लागी शहिद हुनुअघि उनीहरुले प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा गठन गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गर्न सफल भएको हो ।

जहानियाँ राणा शासनविरुद्ध जनतालाई आन्दोलनमा आउन आवहान गरेकापनि त्यसबेला जनताहरु शासक डरले घर बाहिर निस्कन सक्ने स्थिति थिएन । विर पुरुष विपि कोईरालाले आफ्नो जिवनलाई दाउमा राखी देश र जनताका लागी रगत बगाएपछि राणाशासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो।

तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात भएको हो। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै पछिल्लो समयमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्रगत हाल शासन चलिरहेको छ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्झनालाई हरेक फागुन ७ गते औपचारिक रुपमा सरकारले प्रजातन्त्रत्र दिवस मनाउँदै आएको हो। यसै दिवसका अवसरमा प्रत्येक वर्ष सरकारले सार्वजनिक बिदा पनि दिँदै आएको छ।

नेपालमा फागुन ७ मा प्रजातन्त्र दिवस, वैशाख ११ मा लोकतन्त्र दिवस र जेठ १५ मा गणतन्त्र दिवस गरी ३ दिवशलाई विशेष कार्यक्रम गरी मनाउने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस