आज:  | Mon, 07, Apr, 2025

लुम्बिनी प्रदेश सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको सम्मान

७ फाल्गुन २०८१, बुधबार ०३:४८ मा प्रकाशित ( १ महिना अघि) २३८८ पटक पढिएको
नारी बाटिका


लुम्बिनी-७ फागुन ।

लुम्बिनी प्रदेश सभाका सांसद निमा गिरीले उत्कृष्ट सांसदको रूपमा सम्मान प्राप्त गरेकी छिन् ।

निजामती कर्मचारी युनियन प्युठानको ९औँ जिल्ला अधिवेशनको अवसर पारेर प्रदेश र स्थानीय तह निजामती ऐन निर्माणमा महत्ववपूर्ण भूमिका खेलेको र नीति सुधारको लागी आवाज उठाउन लागी परेको भन्दै उनलाईसम्मान गरिएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य गिरीले ऐन कानून संशोधन र नीति सुधारको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदरसहित सम्मान गरिएको निजामती कर्मचारी युनियन प्युठानका अध्यक्ष खिमबहादुर अधिकारीले बताए ।

निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने उनी एक मात्र लुम्विनी प्रदेश सभाकी सांसद रहेकी बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस