आज:  | Wed, 12, Mar, 2025

ग्यासबाट सल्किएको आगोले हलेसीको दुई घर जलेर नष्ट एकमा आंशिक क्षति

५ फाल्गुन २०८१, सोमबार ०६:४९ मा प्रकाशित ( ३ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


खोटाङ- ५ फागुन ।

खोटाङको हलेसी बजारमा ग्यासबाट सल्किएको आगोले तीन घर जलेर नष्ट भएको छ । आइतबार साँझ भएको उक्त आगलागी घटनालाई करिब चार घण्टापछि मात्रै नियन्त्रमा लिन सकिएको थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारका पदम राईको भान्छा कोठामा रहेको ग्यास सिलिन्डरबाट आगलागी भएको हो ।

सो घटना आईतबार साँझ करिव ६ बजेतिर सल्किएको आगो स्थानीयवासी र सुरक्षा कर्मैको संयुक्त प्रयासमा करिब राति ११ बजे नियन्त्रणमा लिएकाृ थियो ।आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

उक्त घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ । हिउँदे वर्षा हुन नसकेकोले पछिल्लो समय देशको जताततै सुक्खा छ । हलेसी बजारमा भएको आगो निभाउनका लागी पानीको समेत अभाव भएकाले निकै समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए

‘आगलागीबाट दुईवटा घर पूर्ण पुर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ,’,प्रहरी निरीक्षक राईले भने आगलागीले तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सो घटनाबाट करिब एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।’

साथै आगो नियन्त्रणको लागी जिल्लाबाट तीनवटै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका थिए । राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगोलागी भएको हो । दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीवासीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस