आज:  | Wed, 12, Mar, 2025

धादिङमा बागमती साहित्यिक महोत्सव–फागुन १६ र १७ मा हुदै, साथमा तस्वीरहरु

४ फाल्गुन २०८१, आईतवार १९:४२ मा प्रकाशित ( ३ हफ्ता अघि) ३२२५ पटक पढिएको
नारी बाटिका



बिबियु
धादिङ-४ फागुन ।

बागमती प्रदेश संस्कृति मन्त्रालय तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा प्रदेश स्तरीय साहित्यिक महोत्सव हुने भएको छ । वागमती प्रदेशभित्र रहेका साहित्यकारहरुको सम्रक्षण र प्रवर्धनको लागी यही फागुन १६ र १७ गते दुई दिनसम्म धादिङबेशीमा साहित्यिक महोत्सवको  आयोजना गर्न लागिएको हो।

आईतबार वागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयले धादिवेशीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मा. मन्त्री  बिमल ठकुरी  ठकुरीले सो कुरा बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्नु हुदै निलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्र ढंगानाले धादिङमा प्रदेश स्तरीय साहित्यिक महोत्सव आयोजना गर्न लागिएकोले आफु यस कार्यमा सकारात्मक रहेको भन्दै कार्यक्रमको लागी संस्कृतिक मन्त्रालयले छुट्टयाएको ८ लाख बजेमा खर्च व्यवस्थापन हुन नसके त्यसमा निलकण्ठ नगरपालिकाको सहकार्य रहने बताउनु भयो ।

यसैगरी सोही कार्यक्रममा बोल्नु हुदै बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले धादिङमा आयोजना गर्न लागिएको यस कार्यक्रम व्यवस्थापनको लागी निलकण्ठ नगरपालिको प्रमखले राख्नु भएको धारणाप्रति खुशी व्यक्त गर्नु भएको थियो । डिभिजन वन कार्यलयका प्रमुख विष्णु प्रसाद आचार्यको संयोजत्वमा जिल्ला मुल समिति गठन गरेको छ ।

स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आचार्यले बताउनु भयो ।

आज भएको पत्रकार सम्मेलनमा महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्न संन्चार माध्यमको मुख्य भुमिका रहने बताइएको छ । बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको संस्कृति मन्त्री कुमार ठकुरीले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस