आज:  | Wed, 12, Mar, 2025

महिलाको जिवनसंग जोडिएको एचपीभी खोप १३ लाख किशोरीले लगाए

४ फाल्गुन २०८१, आईतवार १४:३९ मा प्रकाशित ( ३ हफ्ता अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


काठमाडौं -४ फागुन।

महिलाको स्वास्थ्य र जिवनसंग जोडिएको एचपीभी खोप १२ दिनमा १३ लाख किशोरीले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखमा हुने क्यान्सरको किशोरीहरुलाई जोखिम हुन नदिन सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप लगाएका छन् । यस अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनत गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सन्चालन हुनेछ ।

खोपको अभियान कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको छ । साथै यस अभियानमा खोप लगाउन छुटेकाहरुको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

पछिल्लो पटक स्वास्थ्य मन्त्रालयमा प्रदिप पौडेलले मन्त्रीको पदभार सम्हालेपछि उहाँले पहिलो निर्णय नै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गर्नु भएको थियो । त्यसपछी मन्त्री पौडेल कै सक्रियतामा सातै प्रदेशमा क्यान्सरको उपचार पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।

मानिसको स्वास्थ्यमा सबै भन्दा समस्यामा देखिएको क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने मन्त्री पौडेलको चासोले आएको यो योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने अभियान अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा महिलाले भोग्नु परेको मुख्य समस्या पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने महिलाहरुको संख्या उच्च छ । किशोर अवस्था मै खोप प्रदान गरेर यो समस्या कम गर्ने योजना अनुसार निरोधात्मक विधि अन्तर्गतका कार्यक्रम समेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस