आज:  | Wed, 12, Mar, 2025

गोरखाको विभिन्न क्षेत्रमा हिमपात भएकोले पर्यटकहरू सामागाउँमा नै रोकिए

४ फाल्गुन २०८१, आईतवार ०६:५६ मा प्रकाशित ( ३ हफ्ता अघि) २६९८ पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत -रासस

गोरखा ४ फागुन ।

गोरखाको सामागाउँ लगायत क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न थालेको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा हिमपात पर्न सुरु भएको स्थानीयवासीले जनाएका छन् ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भईरहेको बताइएको छ । सो क्षेत्रको हिमपातका कारण चिसो बढेकोले स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । ‘

हिजो दिउँसोदेखि नै लगातार हिमपात भइरहेकोले चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ,’ स्थानीले बताएका छन् । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए ।

‘हाल कै अवस्थामा हिमपात परिरहे लार्केपास तर्फ पर्यटकहरू अघि बढ्ने सक्ने अवस्था नहुने बताइएको छ । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ,’ उनले भने ।

हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस