आज:  | Wed, 12, Mar, 2025

धादिङ अदालतमा ४ सय ७३ मुद्दा फैसला हुन बाँकी,सबैभन्दा बढी सम्वन्ध विच्छेदको मुद्धा

३ फाल्गुन २०८१, शनिबार १७:२८ मा प्रकाशित ( ३ हफ्ता अघि) १२४१ पटक पढिएको
नारी बाटिका



बिबियु
धादिङ ३ फागुन ।

पछिल्लो समयमा धादिङ जिल्ला अदालतमा सम्वन्ध विच्छेदको मुद्धा बड्दो संख्यामा रहेको छ । सुक्रबार जिल्ला अदालतले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१ माघ मसान्तसम्ममा सबैभन्दा बढी ३६४ मुद्धा सम्वन्ध विच्छेदको मात्रै रहेको पाईएको हो । यस आर्थिक वर्ष २०८१ । ०८२ को माघ मसान्तसम्म ४ सय ७३ थान मुद्दा फच्र्र्यौट हुन बाँकी छन्।

जिल्ला अदालत धादिङमा अघिल्लो आर्थिक वर्षको यसै अवधीमा १२६४ लगत रहेकोमा ६ सय १८ थान मुद्धा फच्र्यौट भई ६ सय ४६ मुद्धा कमी आएको छ ।तर यस आर्थिक वर्षको सोही अवधीमा २६.७८ प्रतिशतले कमी आई ४ सय ७३ थान मुद्दा फैसला हुन बाँकी रहेको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिन भयो।

अदालतको वार्षिक लक्ष्य तथा प्रगति विवरण सार्वजनिक गर्दै भण्डारीले यस आवमा सोचेभन्दा बढी कार्य प्रगती हाँसिल भएको बताउनु भएको छ । यद्यपी कतिपय मुद्दामा दुबै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको पनि श्रेस्तेदार भण्डारीले बताउनु भयो।

तरपनि दरवन्दी अनुसारको कर्मचारी संख्यामा हाल ५० प्रतिशत मात्रै कर्मचारीले अदालतको नियमित सेवा दिई रहेको अवस्था रहँदा पनि पिडितले समयमा पाउनु पर्ने न्यायमा कुनै कमी नआएको जानकारी दिनु भयो ।

जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद वास्तोलाले वार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान भन्दा बढी फच्र्यौट भएको बताउनु भयो । यसैगरी न्यायाधिश पराजुलीले गत आर्थिक वर्षको मुद्दाको लागत फछ्र्यौट र बाँकीको विवरण, फैसला कार्यान्वयन तर्फको विवरणबारे जानकारी दिनु भयो।

मुद्दाका पक्षहरुमा सहभागी हुनुपर्ने नियमित मुद्दाका कामहरु बाहेक निषेधाज्ञामा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन दर्ता, पक्राउ पुर्जी जारी लगायतका तत्काल गर्नुपर्ने कामहरु सुचारु रुपमा गरिरहेको बताउनु भयो । धादिङ अदालतमा दरवन्दी भई कर्मचारीहरु राजधानी लगायत उनीहरुलाइ पायक पर्ने ठाउँमा काजमा बस्ने गरेको समस्या भए पनि अदालतमा मुद्दा दर्ता हुने क्रम, मुद्धाको प्रकृती अनुसारको समयमा फैसला भैईरहेको स्पष्ट पार्नु भयो । 

धादिङ अदालतमा आर्थिक वर्ष २०८१ ०८२ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्वन्ध विच्छेदको रहेको छ। जसमा ३ सय ६४ वटा मुद्दा दर्ता भएका छन्। यस्तै लागु औषध सम्वन्धी ४३, जवरजस्ती करणी ३७,कर्तव्य २३,ज्यान मार्ने उद्योग २६,सवारी साधन तथा अंगभंग २९,वन पैदावर सम्वन्धी ७, सम्वन्ध विच्छेदको ३६४,अंश मानाचामल ९१,र चेक अनादर ७७ गरी ६९७ मुद्दा दर्ता भएका थिए ।

धादिङ अदालतले दर्ता हुन आएका मुद्दाहरुमा सकेसम्म मिलापत्र गरी पठाउने प्रयास गर्ने गरेको  जिल्ला न्यायधिश वास्तोलाको भनाइ छ। पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेद, अंश सम्बन्धी मुद्दा बढी मात्रामा आउने गरेको बताइएको छ। साथै सम्बन्ध विच्छेदको लागि महिला र पुरुष दुबैको लागि कानुन नै खुकुलो बनाएपछि सम्बन्ध विच्छेदको मुद्धा आउने क्रम बढेको अदालतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस