आज:  | Wed, 12, Mar, 2025

समग्र सहकारी नै गलत भएको मन्त्री अधिकारीको आरोप

३ फाल्गुन २०८१, शनिबार ०७:२२ मा प्रकाशित ( ३ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बुटवल ३ फागुन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले समग्र सहकारी नै गलत भएको आरोप लगाएका छन् । मन्त्री अधिकारीले देशभरमा रहेका सहकारीको संख्या यकिन नभएको अवस्थामा सहकारी नियमन कसरी गर्न सकिन्छ भन्दै गुनासो यस्तो बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघद्वारा मन्त्रालयको सहयोगमा शुक्रबार बुटवलमा आयोजित सहकारी सुशासन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले ‘अहिलेसम्म दर्ता भएका सहकारी कति हुन्, कहिले ३१ हजार ४ सय भन्ने आउँछ, कहिले ३ सय भन्ने आउँछ, कतिले ३२ भनेको सुनेको छु, यस्तो पनि हुन्छ ?

यस्तै मन्त्री अधिकारीले दर्ता भएकै संख्या त हामीले पत्तो लगाउन यो समस्या छ अनि संकटमा परेका सहकारीको संख्या कसरी पत्तो लाग्छ ? उनको प्रश्न थियो ‘यति ठूलो मेकानिजम छ, यति धेरै सफ्टवेयर बनेका छन्, यति धेरै खर्च भएको छ, यस्ता तथ्यांक त आधिकारिक सबैले एकै भन्नुपर्यो नि,? संघ, प्रदेश अनि स्थानीय तीनै तहमा संरचना भएको अवस्थामा पनि यस्तो अवस्थाले कसरी कार्य सम्पादन हुन्छ ? ’मन्त्री अधिकारीले सबै सहकारी क्षेत्रमा समस्या भएको आरोप थियो ।

सहकारीमा अहिले देखिएका समस्या सल्टाउनका लागि सरकारले अध्यादेश ल्याएको पनि उनको भनाई थियो । पछी उनले यो कुरालाई संच्च्यार केही सहकारीमा समस्या आएकाले समग्र सहकारी नै गलत भएको जसरी भाष्य बनाइएको भन्दै यसका लागि सचेतना जगाउन सबै सहकारी अभियान्ताको काम भएको अधिकारीको भनाई थियो ।

अहिले सहकारीमाथि उठेका भ्रम चिर्नु सबै सहकारी अभियान्ताहरुको काम भएको पनि सुझाव थियो । सहकारी ठगी गरेका कारण अहिले पनि कतिले सजाय पाइरहेको, सरकारको नियमनकै कारण धेरै पीडितको रकम फिर्ता भएको अरु पनि प्रक्रियामा रहेको विषयलाई बाहिर नल्याएर खाली रकम ठगे भन्ने मात्रै विषयले बढी चर्चा पाएर समस्या भएको बताए ।

सहकारीको प्रणालीलाई अपनाउने र यसको विधिमा रहेर चलेका सहकारीमा कुनै समस्या नभएको र उद्देश्य विपरीत चलेका र चलाउन खोजिएका केही सहकारीले गरेको बदमासीले सबैलाई समस्या पारेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलले सहकारी ठगी खान नभई गरिखानेको हो भन्ने बनाउन जरुरी रहेको बताए । सचिव पोखरेलले सहकारीमा सुशासन कायम गर्न तीन वटा विषयमा ध्यान दिन जरुरी रहेको भन्दै कानुनको पालना, समानतामा आधारित व्यवहार , र काममा शुद्धता हुनु पर्नेमा जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस