काठमाण्डौ – २ फागुन ।
स्ववियु निर्वाचन २०८१ को निर्देशिका जारी छ । सो निर्देशिका अनुसार निर्वाचन स्थगित भए १५ दिनभित्र अर्को निर्वाचन गर्नुपर्ने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा जागिर खाएका वहालवाला विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।स्ववियु निर्वाचनको इतिहास मै यो त्रिविले गरेको पहिलो निर्णय हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरी यस्तो व्यवस्था गरेको हो ।
निर्देशिकाको दफा ६ नं.को उपदफा ६ ले तोके अनुसार सरकारी निकाय तथा सरकारी स्वामित्वमा संन्चालित संस्थानमा स्थायी तथा करारमा कार्यरत कर्मचारी विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको हो । त्यस्तै निर्देशिकामा २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने उल्लेख छ ।
्यस्तै जारी निर्देशिकामा स्ववियु कार्यसमितिको संख्या तय गरेको छ । जसअनुसार २ सय जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय, २०१ देखि एक हजारसम्म भएमा ७, १ हजार १ देखि ३ हजारसम्म ९, ३ हजार १ देखि ५ हजारसम्म ११ र ५ हजारदेखि माथि १३ सदस्यीय कार्य समिति रहने छ । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । साथै ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चयन हुने व्यवस्था छ ।
यस्तै जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति रहने छ । निर्धारित मितिमा कुनै कारणवस निर्वाचन हुन नसके निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र अर्को मिति तोकेर तोकिएको चरणबाट निर्वाचन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
२०७९ सालको निर्देशिकामा भने स्थगित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।.. निर्वाचनमा कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षाहरू दिइसकेका विद्यार्थीले मतदान गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, स्नातकोत्तर तह प्रथम सेमेस्टर, स्नातक तह प्रथम सेमेस्टर र वार्षिक प्रणालीअनुसार पहिलो वर्षमा विद्यार्थी भर्ना सम्बन्धी ििवषयलाई उल्लेख गरिएको छ ।
सो मा शिक्षाध्यक्ष तथा डीन कार्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीहरु मात्र र अन्य सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मिति भन्दा ५ दिन अघिसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्ने उल्लेख छ ।
उम्मेदवारको हकमा पनि मनोनयनपत्र दाखिल गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्र उम्मेदवारी दिने पाउने व्यवस्था छ । चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला फागुन २७ मा भएमा २०५३ फागुन २७ पछि जन्मेका विद्यार्थीले मात्रै प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि उम्मेदवार हुन योग्य हुने निर्देशिकाले तोकेको छ ।
यस्तै दफा ११ मा निर्वाचन आचारसंहिता अनुसार क्याम्पस हाताभित्र प्रभाव पार्नेगरी सरकारी कोषबाट तलब भत्ता लिने कुनै व्यक्ति वा कुनै पनि संस्थाको कार्यक्रम गर्न नपाइने, क्याम्पसको पर्खाल भित्र वा बाहिर र क्याम्पस परिसरमा निर्वाचन सम्बन्धी भित्ते लेखन, तुल फ्लेक्स वा पोस्टर टाँस्न नपाइने, प्रत्येक संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो घोषणापत्रमा उम्मेदवारको नामावली पर्चा एफो साइजको एकै रङको मात्र प्रचार प्रसार गर्न पाइने उल्लेख छ ।
साथै निर्वाचन गर्न शिक्षाध्यक्षको संयोजकत्वमा रजिस्टार सहसंयोजक, शिक्षकहरूमध्ये ३ र प्रमुख कानुनी सल्लाहकार सदस्य र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक सदस्य सचिव रहने छ । स्ववियु निर्वाचन समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीले निर्देशिका जारी भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस