आज:  | Wed, 12, Mar, 2025

पिकनिक गएर फर्केको बस साँखु नजिकै दुर्घटना हुंदा ३ जनाको मृत्यु,४० घाइते

१ फाल्गुन २०८१, बिहीबार ०६:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) २४५० पटक पढिएको
नारी बाटिका


काठमाडौँ १ फागुन ।

काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकै स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ। नगरकोटबाट साँखु आउने क्रममा शंखरापुरस्थित कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको थियो ।

नगरकोटमा पिकनिक खाएर काठमाडौं तर्फ आउँदै गरेको बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो। साथै सो दुर्घटनामा ४० जना विध्यार्थी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

प्रहरीको अनुसार घाईतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस नगरकोटमा पिकनिकमा गएर फर्केको थियो। चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस