आज:  | Mon, 07, Apr, 2025

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

३० माघ २०८१, बुधबार १७:३४ मा प्रकाशित ( १ महिना अघि) ३५९७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – ३० माघ
गृहमन्त्री रमेश लेखकले पछिल्लो केही दिनयता सुरक्षाकर्मीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनु भएको छ ।

वुधबार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर गृह्रमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकोले तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनु भयो ।

केहीयता विभिन्न ठाउँमा केही सुरक्षाकर्मीमाथि कुटपिट र दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नु पर्नेमा मन्त्री लेखकले जोड दिनु भयो ।

‘घटनामा संलग्न संलग्न जोसुकै भए पनि प्रक्रियागत रुपमा कानूनी कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भन्नु, ‘भयो । उहाँले समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने,समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानूनी दायरामा ल्याउन भनि सकेको छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस