आज:  | Mon, 07, Apr, 2025

नीलकण्ठ नगरपापालिकाले बालमैत्री स्थानीय तह घोषणाको प्रक्रियामा

३० माघ २०८१, बुधबार ०९:३३ मा प्रकाशित ( १ महिना अघि) ३१९४ पटक पढिएको
नारी बाटिका



धादिङबेसी,३० माघ
बिबियु

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्नको गाली प्रक्रियागत विभिन्न चरणको कार्य गरिरहेको छ ।

सो चरण अन्तरगत मंगलबार जिल्लामा क्रियासिल मिडियाका पत्रकारहरुलाई सहभागी गराई बालमैत्री स्थानीय तह अवलम्बन तथा घोषणाको नीतिगत र प्रक्रियागत विषय अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

बालमैत्री स्थानीय तह घोषणाको लागि पत्रकारहरुको भुमिका र नगरवासी नागरिकहरुलाई यस सम्वन्धि जानकारी गराउन सहकार्यको अपेक्षासहित छलफल गरिएको हो ।

अभिमखीकरणमा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले विषयबस्तुको प्रस्ततुतीकरण गर्नु भएको थियो ।अभिमुखीरणमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत बालबालिका सम्बन्धी कानुनी प्रावधान, बाल समूह तथा संजाल गठन र परिचालनका बारेमा छलफल गरिएको थियो ।

 


यसै गरी बालमैत्री स्थानीय शासनका सूचकहरु,नगरपालिकाले हालसम्म अवलम्वन गरेका प्रक्रियागत चरणहरु लगायतका लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रम नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवदीको आतिथ्यमा भएको हो ।

यसैगरी कार्यकक्रमा नगरपालिका सामाजिक अधिकृत उर्मिला थपलीया,महिला बालबालिका शाखा प्रतिनिधी निर्मला केसी,नेपाल पत्रकार महासंघ धादिङका पुर्व सभापति राजाराम शर्मा,वर्तमान सभापति सिताराम अधिकारी,पत्रकार पोषथान अधिकारी लगायत धादिङमा क्रियाशिल मिडियाका प्रमुख तथा प्रतिनिधी पत्रकारहरुको सहभागिता रहेको थियो ।

नीलकण्ठ नगरपापालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्नु पुर्व यस सम्वन्धमा पार गर्नु पर्ने ५१ अर्थात थुप्रै चरण मध्यको पत्रकारहरुसंग गरिने छलफल र जानकारी सम्वन्धमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस